फिदिमनगर अब २४ सै घन्टा सिसिटिभीको निगरानीमा

6:39 AM

पाँचथर, २८ असार । सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् ।



सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल र सांसद विकास कोषबाट गरी रु २३ लाख सङ्कलन भएको सामुदायिक सेवा केन्द्रका महासचिव मोहनकुमार दाहालले बताउनुभयो ।



फिदिम नगरको शनिबारे हटिया लाइनदेखि चारवरेसम्म र बसपार्कदेखि जिल्ला प्रहरी कार्यालयको ढोकासम्मको क्षेत्रमा क्यामेरा जडानसँगै फिदिमनगर अब २४ सै घन्टा सिसिटिभीको निगरानीमा रहने छ 

You Might Also Like

0 comments